१३ मंसिर २०८१, बिहीबार

बाँकेका ६ हजार बढी विद्यार्थी अवर्गीकृत श्रेणीमा

कक्षा ११ मा भर्ना भइ अध्ययन कार्य अगाडि बढाउन अर्को वर्ष कुर्न नपर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:एसईईको परिणाम अनुसार, बाँकेका ६ हजार बढी विद्यार्थी अवर्गीकृत श्रेणीमा परेका छन् । शिक्षा विकास तथा समन्वय ईकाइ बाँकेका अनुसार, ९ हजार २ सय ९३ विद्यार्थी सहभागी भएकोमा ३ हजार ४ विद्यार्थी मात्रै विभिन्न श्रेणीमा उत्तीर्ण भएका हुन् । इकाइका अनुसार अवर्गीकृत (नट ग्रेड) विद्यार्थीको संख्या ६ हजार ३ सय ३ रहेको छ ।

बाँकेमा कुल परीक्षामा सहभागी विद्यार्थी मध्ये ३२.३२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी विद्यार्थी मध्ये १ हजार २ सय ३८ विद्यार्थीलाई एक विषय र १ हजार २ सय २४ विद्यार्थीलाई दुई विषयमा अनुत्तीर्ण भएका छन् ।

बाँकेमा ए प्लस ल्याउने विद्यार्थीको संख्या २ सय ६१, ए ग्रेड ल्याउने विद्यार्थीको संख्या ९ सय ३१, बि प्लस ल्याउने विद्यार्थीको संख्या १ हजार ९१, बि ग्रेड ल्याउने विद्यार्थीको संख्या ६ सय ३०, सि प्लस ल्याउने विद्यार्थीको संख्या ९१ रहेको शिक्षा विकास तथा समन्वय ईकाइ बाँकेले जानकारी दिएको छ ।

दुई विषयमा नन ग्रेड ल्याउने विद्यार्थीले पुरक परीक्षामा सहभागी हुन पाउने छन् । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक परीक्षा साउन १८ र १९ गते सञ्चालन गर्दैछ ।

देशभर नन ग्रेड ल्याउने १ लाख १५ हजार ८३४ जना विद्यार्थीहरू पुरक परीक्षामा सहभागी हुन पाउनेछन् । जसमध्ये ४७ हजार ७९६ एक विषयमा र ४८ हजार ३८ दुई विषयमा ४८ हजार अनुत्तीर्ण रहेको उल्लेख छ ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गएको छ । आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्नुपर्नेछ ।

दुईभन्दा बढी विषयमा एनजी भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेडवृद्धिका लागि वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको छ । कक्षा ११ मा भर्ना भइ अध्ययन कार्य अगाडि बढाउन अर्को वर्ष कुर्न नपर्ने पनिकाको भनाई छ ।

प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको छ । पुनर्योगका लागि परीक्षार्थीहरूलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । जस अनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयहरूको लागि यस कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्नेछन् ।

  • १६ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech