१० मंसिर २०८१, सोमबार

युवा संघ बाँकेको प्रर्दशन, कोहलपुर प्रहरी प्रमुख विरुद्ध नारावाजी (फोटो फिचर)

घाईते युवाहरुको उजुरी र स्थलगत अनुसन्धानमा वलीको संलग्नता देखिन आएको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाई

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: नकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेको आयोजनामा युवा संद्ध संबद्ध युवाहरुले आफना जिल्ला अध्यक्षलाई विनाकारण गिरफतार गरि हिरासत राखेको भन्दै आज बिहिवार कोहलपुर प्रहरी प्रमुखका विरुद्ध नारावाजी गरेका छन । संघका बाँके अध्यक्ष तथा राप्तीसोनारी २ का वडा अध्यक्ष ज्ञानेन्द्रराज वलीलाई खुकुरी प्रहार अभियोगमा फसाउन खोजिएको भन्दै युवा संघले आज कोहलपुरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा युवाहरूले ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारी विरूद्द नारावाजी गरेका थिए । कोहलपुर चौराहमा टायर बालेर सडकमा अवरोध सृजना गरेका युवाहरूले ईलाका प्रहरी कार्यालय कोहलपुरको गेटसम्म बिरोध र्याली समेत गरेका थिए ।

युवा संघले संघका अध्यक्ष वलीलगायतका व्यक्तिहरुलाई अनाहकमा राजनीतिक र समाजिक जीवन समाप्त गर्ने षड्यन्त्र गरिएको भन्दै आन्दोलन गर्दै आएका छन । गत भदौ १ गते बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौना चोकमा एक समुहले खुकुरी प्रहार गर्दा दुई युवा घाईते भएका थिए । उक्त घटनामा संलग्न भएको अभियोगमा बाँके प्रहरीले एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्षसहित ४ जनालाई पक्राउ गरेको थियो । राप्तीसोनारी -२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ -७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्लमाथि खुकरी प्रहार गरेको अभियोगमा राप्तीसोनारी २ का वडा अध्यक्ष समेत रहेका युवा संघ नेपालका अध्यक्ष वलीसहितका युवालाई प्रहरीले पक्राउ गरेको भन्दै युवा युवा संघ आन्दोलित भएको हो ।

प्रहरीले भने घाईते युवाहरुको उजुरी र स्थलगत अनुसन्धानमा वलीको संलग्नता देखिन आएको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

  • २७ भाद्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech