३ आश्विन २०८१, बिहीबार

प्रभात नमूना मावि जिगाउँमा साँसदसँग विद्यार्थी कार्यक्रम

संविधान दिवसका अवसरमा प्रभात माविका विद्यार्थीले राखे सांसदसंग संविधानबारे प्रश्न

  • न्युज मानसराेवर

 बैजनाथ, बाँके:  बाँकेको बैजनाथ गाउँपालिका वडा नं-५ जि गाउँस्थित प्रभात नमूना माध्यमिक विद्यालयले बिहीबार साँसदसँग विद्यार्थी कार्यक्रम गरेको छ । नवौं संविधान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा साँसद र विद्यार्थीबीच अन्तरक्रिया गरिएको हो ।

नेपालको संविधान २०७२ मा शिक्षा सम्बन्धी ब्यवस्था र कार्यान्वयनको अवस्था बिषयमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बाँके क्षेत्र नं-३ बाट लुम्बिनी प्रदेश सभा सदस्य रहनुभएका पुुर्व सामाजिक विकास मन्त्री रत्त खत्रीसँग जिज्ञासा राखेका थिए । विद्यालय व्यवस्थापन समिति सदस्य मन बहादुुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष देव बहादुुर रावतले शुुभकामना मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक बाबुुराम अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमलाई विद्यालयका सहायक प्रधानाध्यापक भुुल प्रसाद अधिकारीले संचालन गर्नुभएको थियो । विद्यालयमा कक्षा १० र १२ मा अध्ययनरत करि दुई सय बढी विद्यार्थीमध्ये दुई दर्जन बढीले संविधानको व्यवस्था तथा अवस्थाको बारेमा आआफ्ना जिज्ञासा राखेका थिए । सो क्रममा सांसद खत्रीले विद्यार्थीलाई उत्प्रेरित गर्ने गरि भनाई राख्नुभएको थियो ।

उहाँले यस प्रकारको कार्यक्रम तथा साँसदले विद्यार्थीलाई महत्व दिएर समय उपलब्ध गराउँदा युुवा पिढीको राजनीतिप्रतिको धारणा सकारात्मक बन्ने बताउनुभयो । यस्तै बेला यस प्रकारको कार्यक्रम विद्यार्थीमाझ जरुरी रहेको र गुुणस्तरीय शिक्षामा उत्प्रेरित गर्न सहज हुुने विद्यालयका प्रधानाध्यापक अधिकारीको भनाई थियो ।

  • ३ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech