३ आश्विन २०८१, बिहीबार

कोहलपुर बसपार्कमा दशैं तिहार लक्षित यात्रु सहायता कक्ष स्थापना
  • न्युज मानसराेवर

कोहलपुर:बाँकेको कोहलपुरस्थित नयाँ बसपार्कमा दशैं तिहार लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बडादशैं, दिपावली तथा छठ लगायतका चाडपर्वहरुको अवसरमा यात्रुहरुलाई पर्न जाने समस्याहरुको सहजीकरणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन् । यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा यातायात व्यवसायी, स्थानीय निकाय, यात्रुहरु र सवारी चालक तथा सहचालकहरुको उपस्थिति रहेको थियो ।

  • ३ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech