२७ आश्विन २०८१, आईतवार

नेकपा एमालेले कोहलपुरमा बृहत् रक्तदान सम्पन्न गर्यो
  • न्युज मानसराेवर

कोहलपुर\ नेकपा एमाले   बाँके क्षेत्र नं १ ले आज  शनिवार कोहलपुरमा बृहत् रक्तदान कार्यक्रम  सम्पन्न गरेको छ ।

नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आथित्यतामा शुरु गरिएको  कार्यक्रममा १सय ५३ जनाले रक्तदान गरेको क्षेत्रीय कमिटी संयोजक कुश्माखर बस्यालले न्यूज मानसरोबरलाई उल्लेख गरेका छन।

बस्यालका अनुसार  क्षेत्र नं१ का संघीय सांसद सूर्य ढकाल सहित नेता तथा कार्यक्रकर्ताहरुले  समेत  रक्तदान गरेका थिए ।

नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलले एमाले क्षेत्र नं.१ ले सामाजिक कार्यसँगै मानवीय सेवामा समेत सघाउने कार्यक्रम गरेकोमा धन्यवाद ब्यक्त गरे ।

बस्नेतलले रगत अभावकै कारण कुनैपनि मानिसले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा पार्टीका नेता तथा कार्यकर्ताहरु पनि सचेत भएर रक्तदान कार्यक्रममा सहभागि भएकोमा खुसी समेत व्यक्त गरे ।

बृहत् रक्तदान कार्यक्रममा संघीय सांसद ढकालले एमालेले विकास निर्माणका काममात्रै नगरेर मानवीय सेवाका कार्यक्रमलाई पनि प्राथमिकतामा राख्ने गरेको उल्लेख गर्दै रत्तदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।  कार्यक्रममा एमाले केन्द्रीय सदस्य शान्ती ढकाल, संबिधानसभा सदस्य देभराज भार, एमालेका जिल्ला सचिव बलराम भटट्राई लगायत उपस्थिति थिए ।

  • १२ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech