२७ आश्विन २०८१, आईतवार

राष्ट्रिय शोकमा वडा भोजमा रमाउदै कोहलपुर नगर सरकार
  • न्युज मानसराेवर

कोहलपुर:असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

धनजनको क्षतिप्रति सरकारले दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गरेको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन । आजसम्म बाढी–पहिरो र डुबानमा परेर दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपतको यो घडिमा शोक मनाउनुपर्ने कोहलपुर नगरपालिकाका जनप्रतिनिधि भने एपिएफ स्कुलले आयोजना गरेको वडाभोजमा गएको भन्दै फुर्तिफार्तिकासाथ सामाजिक सञ्जालमा आफनो फोटो पोष्टयाएको पाईएको छ । कोहलपुर नगरपालिका नगरकार्यपालिका सामाजिक विकास समितीका संयोजक समेत रहेका ईश्वरी प्रसाद विश्वकर्माले पोष्ट गरेको उक्त फेसबुक स्टाटसमा नगर पिता पुर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र वडा नं २ का वडा अध्यक्ष हरी कठायत लगायत अन्य जनप्रतिनिधि देख्न सकिन्छ ।

संघिय सरकारले गरेको राष्ट्रिय शोकलाई वडाभोजमा साटेर आफनो मानविय संवेदना उजागर गरेको भन्दै कोहलपुरका एकजना बुद्धिजिविले मानवियता हराएका जनप्रतिनिधिको संज्ञा दिएका छन । केन्द्र स्तरमा शुभकामना आदान प्रदान नगर्ने, खोज, उद्धार र राहतमा जुटने भन्दै सरकार एबं विभिन्न पार्टिहरुले निर्णय गरिरहेको सन्दर्भमा कोहलपुर नगर सरकार स्वयम आफु यस्ता वडा भोजमा सहभागि हुनुले चोटहरुमा नुन चुक छर्ने कार्य भएको भन्दै यतिवेला स्थानिय सरकारको सर्वत्र आलोचना हुनेक्रम वढेको छ । न्युनतम मानवियतालाई समेत हेक्का नराख्ने स्थानिय सरकारले जनता र जनजिविकाका सवालमा उपदेयतापुर्ण कार्य गर्ला भन्ने आशा समेत मरिसकेको ती बुद्धिजिविले न्युज मानसरोवरलाई भनेका छन ।

फोटो: ईश्वरी प्रसाद वि.क.को फेसवुक वालवाट

  • १५ आश्विन २०८१, मंगलवार प्रकाशित

  • Nabintech