६ कार्तिक २०८१, मंगलवार

कोहलपुर उद्योग बाणिज्य संघमा लोकतान्त्रिक समुहको वर्चस्व
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर उद्योग बाणिज्य संघमा प्रदिप भट्टराईको नेतृत्व रहेको व्यवसायीहरुको समुहको वर्चस्व  कायम गरेको छ ।
कात्तिक ३ गते मतदान गरिएको बाणिज्य संघमा कूल १ हजार ४ सय ९५ मतदान भएको थियो । उक्त मतदानमा लोकतान्त्रीक व्यवसायी समुहको बर्चश्व पदाधिकारी तथा सदस्यहरुको विजयी भएको छ ।

प्रमुख निर्वाचन आयुक्त लोक बहादुर शाहका अनुसार अध्यक्षमा प्रदिप भट्टराई १ सय ४९ मत अन्तरले विजयी भएका छन ।भट्टराईले कूल ७ सय ९५ मत प्राप्त गरेका थिए भने प्रगतिशिल व्यवसायी समुहको नेतृत्व गरेकी अन्जना धितालले कूल ६ सय ४६ मत प्राप्त गरेकी थिइन।

त्यसै गरी बरिष्ठ उपाध्यक्षमा चन्डी प्रसाद गैरे विजयी भएका छन उनी लोकतान्त्रीक समुहका हुन । उनले कूल मत ७ सय ६४ मत प्राप्त गरेका थिए । भने भूपेन्द्र काफ्लेले ६ सय ४३ मत प्राप्त गरेका थिए । त्यसै गरी उद्योग तर्फको उपाध्यक्षमा प्रगतिशिल व्यवसायी समुहका अर्जुन प्रसाद सुवेदी विजयी भएका छन। उनले १ मतको अन्तरले विजयी हासिल गरेका हुन।

सुवेदीका कूल ७ सय १६ मत प्राप्त गरेका थिए । प्रतिस्प्रधी लोकतान्त्रीक समुहका हरि शरण केसीले ७ सय १५ मत प्राप्त गरेका थिए । त्यसै गरी उपाध्यक्ष बस्तुगत तर्फ लोकतान्त्रीक समुहका राकेश विष्टले ८ सय ४९ मत प्राप्त गरेरे विजयी भए ।

उनलाई रुपक कुमार भुझेलले कूल ५ सय ८० मत प्राप्त गरेका थिए भने महासचिव समेत लोकतान्त्रीक प्यानलका दिपक बहादुर भण्डारी विजयी भएका छन। उनले कूल ८ सय ३५ मत प्राप्त गरेका थिए । भने प्रगतिशिल व्यवसायी समुहका उम्मेदवार दिपक अर्यालले कूल ५ सय ६९ मत मात्र प्राप्त गरेका थिए । त्यसै गरी उप महासचिवमा समेत लोकतान्त्रीक समुहका राजकुमार पौडेल विजयी भएका छन। पौडेलले कूल ७ सय ६५ मत प्राप्त गरेका थिए । भने गोपाल प्रसाद अधिकारीले ६ सय ४५ मत प्राप्त गरेका थिए ।

त्यसै गरी कोषाअध्यक्षमा भूमिराज कडेल विजयी भएका छन। उनले कूल ७ सय ४८ मत प्राप्त गरेका थिए ।भने गंगा कुमारी बगालेले ६ सय ६७ मत प्राप्त गरेकी थिइन। त्यसै गरी सह कोषाअध्यक्षमा प्रगतिशित व्यवसायी प्यानलका टंक प्रसाद खनाल विजयी भएका छन। उनले कूल ७ सय ७६ मत प्राप्त गरेका थिए भने देविलाल विश्वकर्माले ६ सय २८ मत प्राप्त गरेका थिए ।

त्यसै गरी महिला सदस्यमा लोकतान्त्रिीक समुहकी ममता थापा , सिता योगी अधिकारी विजयी भएका छन। त्यसै गरी खुल्ला सदस्यमा प्रगतिशित व्यवसायी समुहका अंकीत सिग्देल , ढक बहादुर थारु विजयी भएका छन।

भने अन्य लोकतान्त्रीक खुल्ला सदस्यहरुमा अमृत प्रसाद पौडेल , अशोक गौढेल , किरन कुमार विक , किरण प्रसाद श्रेष्ठ , गिरीधारी शर्मा सुवेदी , गौरव श्रेष्ठ , नोखराज रावत , श्रीधर घिमिरे विजयी भएका छन । भने एशोसिएट तर्फ समेत लोकतान्त्रीक समुहका राजेन्द्र प्रसाद रिजाल विजयी भएको घोषणा प्रमुख निर्वाचन आयुक्त लोक बहादुर शाहले जानकारी गराएका छन।

  • ४ कार्तिक २०८१, आईतवार प्रकाशित

  • Nabintech