बर्दिया:लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिक सल्लाहकारमा बर्दियाको गुलरिया नगरपालिका ४ का लक्ष्मणराज ज्ञवाली नियुक्त गरेका छन् । नेकपा (एमाले ) बर्दिया इन्चार्जसमेत रहेका ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकार बनाएका हुन् ।
स्नातकसम्म अध्ययन गरेका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादकलगायत विभित्र सामाजिक संघ-संस्थामा काम गरिसकेका छन् । पञ्चायतकालमा भूमिगत जीवन बिताएका ज्ञवालीले ८ वर्ष जेल जीवन बिताएका थिए ।
अनेरास्ववियूको केन्द्रीय सदस्य हुँदै राष्ट्रिय युवा संघको राजनीति गरेका ज्ञवालीले किसान र भूमि आन्दोलनलाई उचाईमा पुर्याउन योगदान रहेको छ । लुम्बिनी प्रदेशलाई सबै हिसावले सफल बनाउने गरी प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने ज्ञवालीले बताए ।