२१ मंसिर २०८१, शुक्रबार

लुम्बिनी बौद्ध विश्वविद्यालय २८९ जना विद्यार्थी दीक्षित
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी बौद्ध विश्वविद्यालयका २ सय ८९ जना विद्यार्थी दीक्षित भएका छन् ।

शुक्रबार भएको विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले एक जना मानार्थ विद्यावारिधिसहित विभिन्न संकायका दुई सय ८९ जना विद्यार्थीलाई दीक्षित गरेका हुन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरेका छन् । यस्तै पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरेका हुन् ।

  • १४ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • Nabintech