११ पुष २०८१, बिहीबार

यातायात कार्यालय सेवा केन्द्र स्थापना: माग पुरा भएपछि कोहलपुरवासिमा खुशियालि

यातायात कार्यालय सेवा केन्द्रकालागि पुरानो वसपार्कमा रहेको टर्मिनल भवनहरु उपलब्ध गराउने यस अघि नै निर्णय

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: लुम्विनी प्रदेश सरकारले यातायात कार्यालयको सेवा केन्द्र कोहलपुरमा स्थापना गर्ने निर्णयले कोहलपुरवासिमा खुशियालि छाएको छ । १६ किलोमिटर टाढा गएर लामो लाईन लागेर सेवा लिंदै आएका कोहलपुरवासि अव आफनो घर आगनमै कार्यालय आउने गरि भएको निर्णयले हौसिएका छन । चहलप पहल बढनुकासाथै ब्यापार ब्यवसायलाई समेत टेवा पुग्ने भएपछि कोहलपुरवासि हौसिएका हुन ।

लामो समयदेखि राजनीति दल र जनप्रतिनिधिहरुको दवावपछि अन्ततः लुम्विनी प्रदेश सरकारले कोहलपुरबासीको मागलाई सम्वोधन गरेको भन्दै प्रदेश सभा सदस्य वसन्ति अधिकारीले अथक मेहनत र निरन्तर खवरदारिले सेवा केन्द्र कोहलपुरमा स्थापना गर्ने निर्णयको तहसम्म पुगेको वताईन । उनले कार्यान्वयनकालागि निरन्तर ताकेता र खवरदारि रहने उल्लेख गर्दै जनताको आवश्यकता परिपुर्ति हुने गरि यस्ता सेवा केन्द्रको स्थापना हुनुले साँच्चिकै संघियता कार्यान्वयन हुँदै गएको महशुस भएको विचार ब्यक्त गरिन ।

कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्न लामो समयदेखि यहाँका राजनीति दल तथा जनप्रतिनिधिहरुले प्रदेश सरकारलाई दवाव दिँदै आएका थिए । तर सार्थकता पाउन सकिरहेको थिएन् अव सार्थकता पाएको छ वताउदै अधिकारीले निर्णय उल्टाउने गरि कसैले पनि कुचेष्टा नराख्न आग्रह गरिन ।

स्थानिय सरकारको जिम्मेवारीमा रहेको कोहलपुर नगरपालिकाले यातायात कार्यालयका लागि कोहलपुरमा भवन नै उपलब्ध गराउने निर्णयसहितको ध्यानाकर्षण पत्र लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई बुझाएको थियो । राजनीतिक दलका प्रतिनिधिसहित नगर प्रमुख पूर्ण प्रसाद आचार्य नेतृत्वको टोलिले उक्त पत्र गएको कार्तिक १३ गते मुख्यमन्त्री आचार्य र यातायात मन्त्री न्यौपानेलाई बुझाएका थिए ।

तत्कालिन समयमा सेवा केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका मुख्य मन्त्रिले हिज सोमवार मात्र मन्त्रिपरीषदवाट निर्णय गरेपछि यो संभव भएको प्रदेश सभा सदस्यहरु वताउँछन । कोहलपुर नगरपालिकाको २०८० माघ १५ गते बसेको कार्यपालिका बैठकले यातायात कार्यालयका लागि कोहलपुर ११ पुरानो वसपार्कमा रहेको टर्मिनल भवनहरु उपलब्ध गराउने निर्णय सहितको पत्र लुम्विनी प्रदेश सरकारलाई बुझाइसकेको छ । नेपालगन्जमा अहिले यातायात कार्यालय भाडामा सञ्चालित छ ।

‘कोहलपुरमा पर्याप्त पूर्वाधारसहित ट्रयाल परीक्षा पनि कोहलपुरमै हुने भएकाले स्वभाविक रुपमा यातायात कार्यालयको सेवा विस्तार आवश्यक थियो कोहलपुर नगरपालिकाकी कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले भनिन्–‘कोहलपुर नगरबासीसहित छिमेकी राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका स्थानीयलाई पनि अव धेरै सहज हुने भएको छ ।’ यसका अलावा साविक भेरी अञ्चलवासिहरुलाई पनि पटके जाँचपास देखि राजश्व संकलन र यातायात सम्वन्धि कामकाज अव कोहलपुरवाटै हुने भएपछि दुरी छोटिनुकासाथै सहज र सरल हुने विश्वास गरिएको छ ।

  • १८ मंसिर २०८१, मंगलवार प्रकाशित

  • Nabintech