बाँके:नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा शुक्रऋषि चौलागाईंको प्यानल विजयी भएको छ । उक्त प्यानलबाट उपाध्यक्षमा रामप्रसाद आचार्यसमेत निर्वाचित भएक छन् । चौलागाईं नेपाल प्रेस युनियनको तर्फबाट र आचार्य प्रेस चौतारीको तर्फबाट नेतृत्व गर्दै प्रदेश पत्रकार महासंघमा निर्वाचित भएका हुन् ।
उपाध्यक्ष उम्मेदवार आचार्य सबैभन्दा फराकिलो मतान्तरले विजयी भएका छन् । उनले ६५६ मत ल्याउँदा उनका प्रतिस्पर्धीले १५५ मत ल्याएका थिए ।
उपाध्यक्ष महिलामा मीना ढकाल रुपन्देही, महासचिवमा पाण्डव शर्मा दाङ, सचिव खुलामा गोविन्द शर्मा (निर्विरोध) बाँके र समावेशी सचिवमा सरला सुवेदी बाँके तथा कोषाध्यक्षमा प्रेमनारायण आचार्य अर्घाखाँची निर्वाचित भएका छन् ।