१ माघ २०८१, मंगलवार

एक दिने विपत व्यवस्था  सम्बन्धित अनुशिक्षण कार्यक्रम  शुरू 
  • न्युज मानसराेवर

काेहललपुर / काेहलपुर नगरपालिकाकाे आयाेजनामा एक दिने विपत व्यवस्था सम्बन्धित अनुशिक्षण कार्यक्रम संचालन गरिएकाे छ ।

सशस्त्र प्रहरी बल ४२ नम्बर   रिजव गण  सम्शेरगंजकाे सहजिकरणमा उक्त अनुशिक्षण कार्यक्रम शुरू गरिएकाे छ ।

उक्त तालिम लुम्बिनी प्रदेश स्तरीय विपत व्यवस्थापन समुहका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिर्थराज न्याैपानेले गरेका छन ।

काेहलपुरका सामुदायिक तथा संस्थागत विद्यालयका कूल ६५ जनाकाे सहभागीता रहेकाे छ ।

उक्त अनुशिक्षण तालिम संचालन गर्नुकाे  मुख्य उदेश्य भनेकाे नै भुकम्प आएका बेला स्कुलका बालबच्चाहरूलाई कसरी सुरक्षा प्रदान गर्ने तथा क्षति न्यूनीकरण गर्न सहयाेग मिल्ने काेहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापाले जानकारी गराएका छन ।

  • २९ पुष २०८१, सोमबार प्रकाशित

  • Nabintech