१ माघ २०८१, मंगलवार

चैत ७ गतेदेखि एसईई परीक्षा हुने
  • न्युज मानसराेवर

बाँके\शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले  परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

जसअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

परीक्षा चैत १९ गते मङ्गलवार सकिनेछ । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ ।

  • १ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech