कोहलपुर\अभिभावक किन विद्यालय जान्छन ? आफ्ना बच्चाहरुको परिक्षा प्रतिफल वा आवश्यक छलफलमा ।तर कोहलपुरमा संचालित तक्षशिला एकेडेमीले नयाँ अध्याय शुरुवात गरेको छ । एकेडेमीले आज बृहत् अभिभावक खेल सम्मेलन नै गरेर शैक्षिक क्षेत्रमा नयाँ अध्याय शुरुवात गरेको हो । 
आफ्ना बिद्यार्थीहरुका आमा बुवाहरुलाइ खेलकुदका माध्यम बाट मनोरञ्जन एव स्वस्थ रहने प्रेरणा मिलोस भन्ने अभिप्रायले अभिभावक खेलकुद आयोजना गरिएको बिधालयका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले बताए।
अभिभावक खेलकुद सम्मेलनमा फुटसल, भलिबल, कुर्सी दौड , डोरितान लगायतका आधादर्जन खेल समाबेस भएको प्रीन्सिपल भिम बहादुर रोकायले जनाए।बिधालयमा शैक्षिक सुधार एव भौतिक सुधार भएको पाइएकाले हामिहरुलाइ थप हौसला मिलेको बताउदै बिधालयका अभिभावक भिमनारायण तिमिल्सिनाले उत्कृष्ट पठनपाठनले आफ्नो रोजाइमा तक्षशिला एकेडेमी रहेको बताए।
आफ्ना नानी बाबुको भबिस्यका लागि तक्षशिला एकेडेमीको प्रयास सम्मान गर्न लायक रहेको उपस्थितरहेका अभिभावकले बताए। खेलकुदमा बिजेताहरुला बिधालयको बार्शिक उत्सव कार्यक्रमका अवसरमा पुरस्कार बितरण गरिने छ।











