बाँके\संचारिका समूह बाँकेको आइतबार नेपालगन्जमा सम्पन्न छैंठौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
महिला सशक्तिकरण र सामाजिक सुधारका लागि क्रियाशील यस समूहको आगामी कार्यकाललाई नयाँ जोश र ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ ।अधिवेशनमा समाजसेवी र महिला अधिकारकर्मीहरूका बीच अन्तरक्रिया कार्यक्रम समेत गरीएको थियो ।
संचारिका समूहको गतिशील भूमिका र महिलाहरूका हक अधिकारका लागि गरेको योगदानको प्रसंसा गर्दै आगामी योजनाबारे चर्चा गरीएको छ । यस अवसरमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले महिला सशक्तिकरणका लागि संस्थागत प्रयास र एकता महत्वपूर्ण रहेको बताएका छन् ।
संचारिका समूह बाँकेको छैंठौं अधिवेशनले यसपटक संगठनको नयाँ कार्यसमिति चयन गरेको छ ।
जसमा पवित्रा परियार, अध्यक्ष, सरला सुवेदी उपाध्यक्ष, आशा परियारलाई महासचिव, अनिता बिश्वकर्मा सचिव र धना केसी कोषाध्यक्षको रूपमा निर्वाचित भएका छन् । समूहका नयाँ कार्यसमिति सदस्यहरूमा रूपमा कल्पना शाही (प्रिया), शिवानी बिक, जनता रैका, बिष्णु डाँगी, सायदा बानो, सन्ध्या गैरे, निशा शाह, स्मृति देवकोटा र प्रमिला बिक, चयन भएका छन् ।