८ फाल्गुन २०८१, बिहीबार

बाँकेमा बालिका सम्मेलन सम्पन्न
  • न्युज मानसराेवर

बाँके\स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालिकाको सहभागिता र सवाललाई प्रमुख मुद्दा बनाएर बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझीमा दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ।

बालिकाको अधिकार, समस्या, चुनौती र स्थानीय तहको योजना प्रक्रियामा उनीहरुलाई सहभागी गर्ने लगायतका विषयमा केन्द्रित रहेर सो सम्मेलन आयोजना गरिएको हो।

बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत आयोजना गरिएको सो सम्मेलनले ६ बुँदे संकल्प तयार गरेर सो संकल्पलाई पारित समेत गरेको छ।

  • ६ फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • Nabintech