९ फाल्गुन २०८१, शुक्रबार

३६२ ग्राम ब्राउन सुगरसहित बाँकेबाट एक भारतीय पक्राउ
  • न्युज मानसराेवर

बाँके/ नेपाल प्रहरीले भारी मात्रामा ब्राउन सुगर सहित एक जना  पक्राउ   गरेकाे छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच बस्ने ३१ वर्षीय विशाल अहमद रहेको प्रहरीले जनाएको छ ।

उनीबाट प्रहरीले ३६२ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

यो परिमाणको ब्राउन सुगर ठूलो मात्रा रहेको ब्यूरोका एक अधिकृत बताउँछन् ।

अहमल लागूऔषध सेवनका साथै बेचबिखन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

उनी नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै आएको सूचना लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पाएको थियो ।

असई नवीनकुमार शाहीसहित टोलीलाई ब्यूरोले परिचालन गरेको थियो।असई शाहीको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका अहमदविरुद्ध लागूऔषध कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

  • ७ फाल्गुन २०८१, बुधबार प्रकाशित

  • Nabintech