२५ चैत्र २०८१, मंगलवार

समता स्कुलले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई १००% छात्रवृत्ति दिने

'नर्सरी देखि कक्षा १० सम्म न्यून तथा समान शुल्क'

  • न्युज मानसराेवर

सुनसरी । इटहरीको हलगडामा विगत १३ वर्षदेखि संचालनमा रहेको समता स्कुल इटहरीले आर्थिक रूपमा कमजोर तथा समाजमा पछाडि परेका वर्गका विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक सत्र २०८२ का लागि १००% छात्रवृत्ति प्रदान गर्ने भएको छ।

विद्यालयले Nursery देखि कक्षा १० सम्म समान तथा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयले एकल महिला, शारीरिक रूपमा असक्त विद्यार्थी तथा अति विपन्न परिवारका बालबालिकालाई प्राथमिकतामा राखी छात्रवृत्ति वितरण गरिने जानकारी विद्यालय प्रमुख सन्तोष श्रेष्ठले दिएका छन्। उनका अनुसार विद्यालयले हरेक वर्ष कुल विद्यार्थी संख्याको १०% देखि १५% सम्मलाई पूर्ण छात्रवृत्ति दिँदै आएको छ।

समता स्कुलले पूर्ण अंग्रेजी माध्यमबाट पठनपाठन गराउनुका साथै समयसापेक्ष खेलकुद, नृत्य, संगीत, कला जस्ता अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई सक्रिय बनाउँदै आएको छ। हालै मात्र कक्षा १० का विद्यार्थी अभिषेक खतिवडाको स्वर र शब्दमा ‘मेरो स्कुल’ नामक गीत https://youtu.be/VZa5EbCjVnw?si=FRt871WE9GHFS3f3 समेत विद्यालयले सार्वजनिक गरेको छ, जसले विद्यार्थी प्रतिभालाई अभिव्यक्त गर्ने एउटा सशक्त माध्यमको काम गरेको छ।

यसैबीच, विद्यालयले आफ्नो मातृ संस्था समता शिक्षा निकेतन काठमाडौंको रजत जयन्ती वर्षको अवसरमा कक्षा ४ सम्मका विद्यार्थीहरूलाई निःशुल्क नृत्य प्रशिक्षण दिने घोषणा पनि गरेको छ।

छात्रवृत्तिका लागि पुराना विद्यार्थीहरूले चैत ३० भित्र र नयाँ भर्ना हुने विद्यार्थीहरूले बैशाख १५ भित्र आवेदन दिन सक्ने व्यवस्था विद्यालयले गरेको छ।

समता स्कुल इटहरीको यो पहलले आर्थिक अभावका कारण गुणस्तरीय शिक्षाबाट वञ्चित हुँदै आएका बालबालिकाका लागि उज्यालो भविष्यको ढोका खोल्ने विश्वास गरिएको छ।

  • २३ चैत्र २०८१, आईतवार प्रकाशित

  • Nabintech