बाँके/ बाँकेको राप्तीसाेनारी गाउँपालिका प्रविधिसँग जाेडिएकाे छ ।
गाउँपालिकाले सबै वडाहरूमा सिसि क्यामरा जडान तथा महेन्द्र राजमार्ग र हुलाक राजमार्गमा समेत सिसि क्यामरा जडान कार्य शुरूवात गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी गराए ।
अगैया चाैक , शम्शेरगंज चाैक , ढकेरी बजार ,कुसुम बजार ,वडा नं६ स्तित कुण्डा , विनाैना चाेक ,नारायणपुर चाेक लगाएत स्थानमा सिसि क्यामरा जडान कार्य शुरूवात गरिएकाे छ ऐडीले भने ।
सिसि क्यामरा जडान बाट चाेरी नियन्त्रण तथा राजमार्गमा हुने सवारी दुर्घटना बारे प्रहरीलाई अनुसन्धान गर्न सहज हुने हुँदा सिसि क्यामरा जडान गरिएकाे राप्ती साेनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पाैडेलले बताए ।
कुल २८ लाख ५० हजारमा ४० वटा नयाँ सिसि क्यामरा र १६ वटा पुराना गरि कुल ५६ वटा सिसि क्यामरा छिट्टै संचालनमा ल्याउन काम गरिरहेकाे गाउँपालिका सुचना तथा प्रविधि शाखा प्रमुख जनार्दन पाैडेले जानकारी गराए ।