६ बैशाख २०८२, शनिबार

लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु
  • न्युज मानसराेवर

बाँके\युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गरेका छन।

अन्तरराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको शुक्रबार यहाँ उद्घाटन गर्दै उनले  भने, “पश्चिम क्षेत्रमा निकै क्षमतावान खेलाडी रहेका छन । हामीले अवसर दिन सक्ने हो भने देश तथा विदेशमा बेग्लै पहिचान बनाउन सक्ने अवस्था छ । यो अन्तरराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले राम्रो सन्देश दिएको छ ।

अन्तरालको आयोजना तथा जिल्ला फुटबल सङ्घ बाँकेको सहकार्यमा यही वैशाख १२ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले बताए। प्रतियोगिताको विजेता टिमले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता टिमले रु दुई लाख ५० हजार, ट्रफी, मेडल प्राप्त गर्नेछन् । रासस

  • ६ बैशाख २०८२, शनिबार प्रकाशित

  • Nabintech