बाँके\बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएको छ ।
मेडिकल स्टोरमा औषधिका लागि राखिएको फ्रिजमा विद्युतको तार जलेर आगलागी सुरु भएर बिस्तारै फार्मेसीमा पुगेको र शनिबार भएको आगो लागेको धेरै पछि मात्रै जानकारी पाइएको अस्पतालमा सूचना अधिकारी डा। संकेत रिसालले जानकारी दिए ।
‘कसरी लाग्यो भन्ने अनुमान फ्रिजकै विद्युत सट भएर भएको अनुमान गरिएको छ, एकैपटक स्टोर कक्ष र फार्मेसीतिरबाट आगोको मुस्लो निस्किएपछि जानकारी पाइयो आज शनिबार भएकाले धेरै कर्मचारी पनि नभएको अवस्था थियो’ उनले भने ।
आगलागी नियन्त्रणका लागि सबैतिरका दमकल परिचालन गरियो, प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मीलगायत पनि आगो नियन्त्रणमा जुटेकाले साढे २ घन्टामा निभाउन सकियो ।’उनका अनुसार सबैतिरका सामग्री जलेकाले क्षतिको विवरण आउन ढिलो हुने बताए । अस्पताल विकास समिति अध्यक्ष वीरेन्द्रबहादुर शाहले अहिले आगो नियन्त्रणमा आएको तर क्षतिको विवरण नआएको बताए ।