१९ बैशाख २०८२, शुक्रबार

काेहलपुरमा १५ दिने आरन सुधार तालिम संचालन
  • न्युज मानसराेवर

काेहलपुर /काेहलपुरमा १५ दिने आरन सुधार तालिम संचालन गरिएकाे छ ।

लुम्बिनी प्रदेश( ख) क्षेत्र विकास कार्यक्रम अन्तगर्त घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जकाे आयाेजना तथा उत्पिडित सामुदायिक विकास केन्द्रकाे सहकार्यमा उक्त आरन सुधार कार्यक्रम संचालन गरिएको  हाे ।

कार्यक्रममा प्रमुख अथिति निवर्तमान लुम्बिनी प्रदेशका  बन तथा वातावरण मन्त्री दुर्गा चाैधरीले लाेभ उन्मुख पेशाका रूपमा रहेकाे आरन पेशाकाे सवलिकरण गर्नका निम्ति आगामी वर्षमा समेत प्रदेश सभा बाट आवश्यक बजेटकाे व्यवस्थापन गर्न पहल गर्ने बताए ।

उनले उत्पादित बस्तुहरूकाे बजारीकरण गर्न आवश्यक रहेकाे ओल्याउदै त्यस निम्ति सबैका साथ सहयाेग हुन आवश्यक रहेकाे बताए । त्यसका निम्ति स्थानीय सरकारले विशेष पहल गर्नु पर्छ चाैधरीले भने ।

उनले स्थानीय सरकारले जग्गा उपलब्ध गराए आरन पेशालाई उद्योगका रूपमा स्थापना गर्न प्रदेश सरकारले भवन निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न तयार रहेकाे बताए ।   उनले आधुनिक आरन पेशा बनाउन तपाईंहरू आरन व्यवसायीहरूकाे संक्रियता भएका काेहलपुरमा आरन उद्योग नै स्थापना गर्न सकिने ओैल्याए । काेहलपुर नगर भित्रका करिब २० जना आरन पेशामा आवद्व व्यवसायीहरूलाइ उक्त आरन सुधार तालिम दिईने घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पुष्कर सिहले जानकारी गराए ।

कार्यक्रममा बाेद्दै काेहलपुर नगरपालिका वडा नं१ कि जनप्रतिनिधि सितला परियारले स्वराेजगार बन्न लाज पचाउनु पर्ने बताईन । उनले सीप बाट नै देशकाे अर्थतन्त्र चलाएमान बन्ने हुदाँ अब जागिर भन्दा पनि सीप सिक्न आवश्यक रहेकाे बताईन । कार्यक्रममा बाेद्दै उत्पिडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियारले बालि घरे व्यवसायी लाेभ हुँदै गरिएकाे बताए । उनले सिलाई कटाई तथा सुन व्यवसायी अन्य समुदायकाे समेत संचालन भईरहेकाे बताए ।

उनले तालिम प्रश्चात आधुनिक प्रविधि समेत हस्तान्तरण गरिने हुँदा दलित समुदायका पेशा लाई सवलिकरण गर्न आवश्यक रहेकाे बताए ।  कार्यक्रममा बाेल्दै घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख कृष्ण बहादुर विष्टले श्रमिक दिवसकाे शुभकामना व्यक्त गर्दै संघिय तथा प्रदेशका गरि २१ जना सांसदहरू रहेकाे बताउदै श्रमिकहरूसँग यसरी क्षेत्र विकास कार्यक्रममा जाेडिन पाउँदा घरेलु तथा साना उद्योग कार्यालय समेत हर्षित बनेकाे बताए ।

विष्टले अब संगठित रूपमा आरन व्यवसाय एक हुनु पर्ने बताए । उनले यसरी संगठित भएमा स्थानीय प्रदेश तथा संघिय सरकारलाई समेत बजेट दिन सहज हुने बताए ।घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत पुष्कर सिहले कार्यक्रमकाे संचालन गरेका थिए ।  कार्यक्रममा कोहलपुर नगरपालिका अधिकृत छैठौ बिर बहादुर विक पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

  • १९ बैशाख २०८२, शुक्रबार प्रकाशित

  • Nabintech