७ जेष्ठ २०८३, बिहीबार

बाँकेमा देखा पर्यो पशुमा ‘लम्पी स्किन’
  • न्युज मानसराेवर

बाँके\बाँकेका ६ स्थानीय तह क्षेत्रका पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात स्थानीय तहमा पशुमा सङ्क्रमण देखिएकामा उपचार सुरु भएको बताए ।उनका अनुसार सङ्क्रमण बढ्दो अवस्थामा रहे पनि स्थानीय तहले तदारुकताका साथ उपचार गरिरहेको जानकारी दिए ।

यहाँको राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा, बैजनाथ, डुडुवाका केही क्षेत्रमा सङ्क्रमण देखिएको हो ।हालसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा भने सङ्क्रमण नभएको विज्ञ केन्द्रले जनाएको छ ।  सूचना अधिकारी रावलले एक महिनादेखि नै पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिन थालेको उल्लेख गर्दै सबैभन्दा बढी गाई र गोरुमा समस्या भएको बताए । स्थानीय तहबाट विवरण आउने क्रम जारी रहेकाले सङ्क्रमित पशुको यकिन सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

जिल्लाको जानकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिलबहादुर खड्काले किसानलाई अनुदानमा औषधि उपलब्ध गराइएको र कतिपय औषधि नेपालमा नपाइएकाले भारतको रुपैडिहाबाट ल्याएर लगाउने गरिएको बताए ।

  • १३ भाद्र २०८२, शुक्रबार प्रकाशित

  • Nabintech