७ जेष्ठ २०८३, बिहीबार

समता स्कुल कोहलपुरले मनायो ११ औँ संविधान दिवस
  • न्युज मानसराेवर

कोहलपुर \समता स्कुल कोहलपुरले संविधमन दिवस मनाएको छ । संविधान हाम्रो गौरव हो, राष्ट्रिय एकताको आधार भन्ने नारा सहित  ११ औँ  संविधान दिवसलाई मता स्कुल कोहलपुरले उत्सवका रुपमा मनाएको हो ।

समता स्कुल प्रशासन शाखाको आयोजनामा नेपालको चुच्चे नक्सा नेपालको झण्डा सहित नेपालको संविधान २०७२ ले आम नेपाली नागरिकलाई प्रत्याभूत गरेका अधिकार बारे शिक्षिका सुष्मा रानाले जानकारी गराएकी थिइन ।

कार्यक्रममानेपालको राष्ट्रिय गान बाचन तथा ज्ञात अज्ञात सहितको सम्मानमा मौनधारण समेत गरिएको विद्यालय प्रशासन शाखा प्रमुख कृत्रिका रोकायाले जानकारी गराईन । कार्यक्रममा विद्यार्थी शिक्षक शिक्षिका रातो अविर लगाएर मनाइएको थियो ।

कार्यक्रममा विद्यालय कार्यकारी निर्देशक रबि रोकायाले  संविधान दिवसलाई उत्सवका रुपमा मनाउन विद्यार्थी ,अभिभावक ,शिक्षक सबैको कर्तव्य हुने  महशुस गरेर विद्यालयमा ११ औँ संविधान दिवस मनाइएको बताए ।

उनले भने नेपाको संविधान २०७२ले नेपाली जनतालाई दिएका मौलिक अधिकारीबारे तःत सरकारी तथा गैर सरकारी निकायहरुको  सबैको कर्तव्य  हुनु पर्ने समेत बताए ।

  • ३ आश्विन २०८२, शुक्रबार प्रकाशित

  • Nabintech