कोहलपुर \नेकपा एमाले कोहलपुर वडा नं.१० वडा कमिटीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य बाँके क्षेत्र नं.१का इन्चार्ज तथा निःवर्तमान सांसद सुर्य ढकालले जेन – जी आन्दोलनका माग जायज भएतापनि आन्दोलनमा समृद्ध नेपाल खुसी नेपालीको अभिभारा पुरा गर्न नदिने केही आपराधिक जो नेपालमा अस्थिरता चाहने तत्वहरूले गर्दा देशको अवस्था यस्तो हुन पुगेको औल्याए । उनले नेता मात्र सच्चियर देश नबन्ने बताउदै सबै नागरिक सच्चिन आवश्यक रहेको बताए ।
ढकालले अब जनस्तर बाट एक भएर उठ्न अहिलेको आवश्यक रहेको बताए । त्यसै गरी नेकपा एमालेका केन्द्रिय अनुशासन आयोग सदस्य तथा संबिधान सभा सदस्य देवराज भारले अब जनस्तरमा आम कार्यकताहरुको मनोभाव बुझेर संगठन सक्रिय बनाउन आवश्यक रहेको
बताए।भारले संविधानको रक्षा नै जनताको बहुदलिय जनबादको रक्षा हुने तर्क गर्दै संगठन चयायमान बनाउन सबैको भूमिका रहनु पर्ने बताए ।
त्यसै गरी पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कोहलपुर नगर कमिटी इन्चार्ज गोपाल गिरीले लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेका कारण संविधानको रक्षा अहिलेको मूलभूत आवश्यक रहेको बताउदै नेपालको संविधानले दिएका नागरिक अधिकार बारे आम नागरिकहरुलाई जनचेता जागृत गर्न आवश्यक रहेको बताए ।
त्यसै गरी कार्यक्रममा बाँके जिल्ला कमिटी सचिव बलराम भट्टराईले सबै वडा र टोल स्तरमा समेत पार्टीका गतिविधि सक्रिय रुपमा संचालन गर्न र अन्तरसंवाद गर्न आवश्यक रहेको बताए । बाँके क्षेत्र नं.१ का संयोजक कुश्माखर बस्याल बाँके क्षेत्र नं.ख का संयोजक केशब शाही , नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहपुर १० का इन्चार्ज सुर्य रोकाया ,जिल्ला कमिटी सचिवालय सदस्य खेमराज शर्मा लगाएतले शुभकामना आदान प्रदान कार्यक्रममा आ आफ्नो धारणा राखेका थिए ।कार्यक्रममा नेकपा एमाले १० नं.वडा कमिटीका अध्यक्ष मकर बहादुर रोकायको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।










