कोहलपुर \कोहलपुर स्थित भेरी शित भण्डारले आफ्नो १६ औँ बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी मन्त्री दिनेश पन्थीले शित भण्डारको स्तर उन्नतीका निम्ति आवश्यक बजेट तथा कार्यक्रमहरु ल्याउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । प्रमुख अथिति मन्त्री दिनेश पन्थीले १६ औँ बार्षिक साधारण सभाको शुभकामना समेत व्यक्त गरे।
कार्यक्रममा संस्थाको लेखा समितिको तर्फबाट लेखा संयोजकको प्रतिवेदन , संचालक समितिका तर्फबाट अध्यक्ष बलराम भट्टराईको प्रतिवेदन , आ.व २०८०।०८१ र २०८१ ।०८२ को बार्षिक लेखा प्रतिवेदन , २०८२ ।०८३ को अनुमानित बार्षिक बजेट तथा कार्यक्रम , लेखा परिक्षक नियुक्ति र पारिश्रमिक तोक्ने सम्बन्धमा ,संचालक तथा लेखा समितिको निर्वाचन सम्बन्धमा साधारण सभाको माइनेट प्रमाणिकरण सम्बन्धमा जस्ता प्रस्तावनहरु साधारण सभाले पारित गरेको छ ।
२०६४ सालमा स्थापना भएको उक्त संस्थामा कूल ३ हजार ७ सय ८७ शेयर सदस्य रहेका छन भने संस्थाको कूल शेयर पुर्जी ९८ लाख २४ हजार रहेको छ। संस्थाले २०८१ २०८२ मा कूल नाफा ३५ लाख ७४ हजार ५ सय ५२ नाफा गर्न सफल भएको संस्थाका अध्यक्ष बलराम भट्टराइले तथ्याक प्रस्तुत गरेका छन।भट्टराइले संस्थाले स्याउ २०८१ ।०८२ मा २९ हजार पेटी स्याउ भण्डारण गर्न सफल भएको बताए । भट्टराइले २०८१ ।०८२ मा कूल २ करोड९६ लाख ७३ हजार ४ सय ३७ रुपैयाको आर्थिक कारोबार गर्न सफल भएको समेत बताए ।
त्यसै गरी राष्ट्रिय सहकारी विकास बोर्ड ललितपुर बाट ल्याइएको अनुदान ४ करोड ८१ लाख रुपैया मिनाहका निम्ति विभिन्न चरणमा पहलहरु भएको बताएका छन। उनले आउने नयाँ समितिले अनुदानमा ल्याएको रकम मिनाह गर्न पहललाई निरन्तरता दिनु पर्ने समेत उल्लेख गरे ।
संस्थाको ४ हजार मे.टन क्षमताको शित गृह २ आलु सुकाउने सेड १ मेसिन भवन १ ब्यापारी तथा आवशिय भवन ,२ शौचालय भवन १ जेनेरेटर , १ कम्प्रेसर मेशिन ४ बरफ खाना ,१ पिकअप गाडी , र एक विगाह जग्गा मुख्य सम्पति रहेको छ। कार्यक्रममा संविधानसभा सदस्य देभराज भार ,प्रदेश सांसद रत्न खत्री , कृष्णा केसी नमुना जिल्ला स्तरका राजनितिक दलका प्रमुख लगाएतको सहभागिता रहेको थियो भने अथिति सबैलाई संस्थाको तर्फ बाट मायाको चिनो प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष बलराम भट्राईको अध्यक्षतामा १६ औ बार्षिक साधारण सभा सम्पन्न गरिएको थियो ।










