बाँके\बर्दिया राष्ट्रिय निकुञ्ज अन्तगर्त बाँके बैजनाथ गाउँपालिका वडा नं.१ स्थित करेली खोला नजिक बच्चा सहितको बाघ रमाउदैःतस्विर सिसिक्यामरा निकुञ्ज।नेपालमा बाघको संख्यामा बृद्धि भइरहेको छ।पछिल्लो गणना अनुसार नेपालमा कूल ३ सय ५५ बाघको सख्या थियो ।
विश्वका विभिन्न १३ देशमा बाघ पाइन्छन्।नेपालका पाँचवटा निकुञ्जमा बाघ पाइन्छन्।बाघ गणना हरेक पाँच वर्षमा गर्ने गरिन्छ।२०२१ को तथ्याक अनुसार सबै भन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन्।पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ थिए।अब हुने बाघ गणनामा यो संख्या बृद्धि हुने छ ।













