२० आश्विन २०८३, मंगलवार

जनआस्था सहकारीको १८ औ वार्षिक साधारण सभा सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर \ बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको जन आस्था बहुउदेस्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १८ औ बार्षिक साधारण सभा सम्पन गरेको छ ।

४ सय ६९ सेयर सदस्य रहेको सो सहकारीले खासगरी कृषि क्षेत्रमा समुुह निर्माण गरी लगानी गर्दै आएको संस्थाका प्रबन्धक बिनोद सिंह सावन्तले जानकारी दिए ।

उनले हाल विभिन्न ३ वटा समुह मार्फत बिउ तथा विरुवा उत्पादन गर्ने, महिलालाई आत्मनिर्भर बनाउने खालका विभिन्न सिपमुलक व्यवसाय सञ्चालनको लागि लगानी गर्दै आएको बताए ।

१ करोड ७५ लाखको बाषिक कारोबार गरेको सो संस्थाले करिव डेढ करोड कृषि क्षेत्रका लागि विउविजन उत्पादन तथा विभिन्न सिपमुलक व्यवसाय सञ्चालनका लागि लगानी पनि गरेको जनाएको छ ।

सो सहकारीका पूर्व सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद बेलबासेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समाधारण सभामा आर्थिक प्रतिवेदन कोषध्यक्ष सनत कुमार रेग्मी, स्वागत मञ्जु कोईरालाले गरेको कार्र्यक्रममा हरीप्रसाद पौडेल लगायतले बार्षिक साधारण सभाको शुभकामना व्यक्त गरेका थिए ।

  • ७ मंसिर २०८२, शनिबार प्रकाशित

  • Nabintech