दाङ \दाङमा बोल्न नसक्ने एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
तुलसीपुर-१६ की ५६ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा ६० वर्षीय पुरूष पक्राउ परेका हुन् ।
तुलसीपुर प्रहरीका अनुसार घटना यहि मंसिर १६ गते बिहान करिब साढे ५ बजेको हो । सोही ठाउँका रुपलाल डाँगीले महिलाका श्रीमान घरमा नभएको मौकामा बलात्कार गरेको आरोप छ ।
शारीरिक रुपमा अशक्त (बोल्न नसक्ने) ती महिलालाई बलात्कार गरिरहेको अवस्थामा उनका छोराले रंगेहात फेला पारेका थिए । त्यसपछि आइतबार प्रहरीमा जाहेरी दिएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलिले आरोपीलाई पक्राउ गरेको हो ।









