२६ पुष २०८२, शनिबार

लुम्बिनी कांग्रेसले गर्‍यो ४३० उम्मेदवारको नाम सिफारिस
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक साथै राष्ट्रियसभाका गरी कुल ४३० जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ ।पार्टीका क्षेत्रीय समिति हुँदै जिल्लाबाट पठाइएका नाममध्ये प्रदेश समितिले नवलपरासी र रूपन्देहीबाट पठाइएका मध्ये केहीको नाम थपघट गरेको छ । अन्य जिल्लाको हकमा भने यथावत् राखिएको बताइएको छ ।

त्यसरी जिल्लाबाट आएका नाममध्ये १३९ जना प्रत्यक्ष, १८७ जना समानुपातिक र १०४ जना राष्ट्रियसभा सदस्यका उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको प्रदेश समितिका अध्यक्ष अमरसिंह पुनले जानकारी दिए ।

केन्द्रमा पठाइएका नाममा गुल्मीको क्षेत्र नम्बर २ बाट प्रत्यक्ष र समानुपातिकको नाम नआएकाले राष्ट्रियसभाका उम्मेदवारको नाम मात्र पठाइएको पुनले बताए ।केन्द्रको परिपत्र अनुसार क्षेत्रीय समितिले संकलन गरेका नाम जिल्लामा पठाउने र जिल्लाले प्राप्त नाम उपर राय लेखेर प्रदेशमा पठाउन भनिएको छ।त्यसैगरी परिपत्रको १नम्बर बुँदाको (१.५) मा त्यसरी जिल्लाबाट आएका नाममा प्रदेशले रायसहित केन्द्रमा पठाउन भनिएको छ ।तर प्रदेशले दुई जिल्लाबाट आएका नाममा थपघट गरेर पठाएको हो ।केन्द्रीय समितिको परिपत्रअनुसार प्रदेशका सबै जसो जिल्लाले मापदण्डविपरीत उम्मेदवारको नाम सिफारिस गरेर पठाएका छन् ।

  • ६ पुष २०८२, आईतवार प्रकाशित

  • Nabintech