बाँके\बाँकेको जानकी गाउँपालिका –२ नेवाजी गाउँमा एक स्थानीयको घरमा आगलागी हुँदा दुध दिने भैँसी लगायत आठवटा जनावर जलेर मरेका छन् । ती जनावरसँगै सो घरमा राखिएको करिब ११ क्विन्टल गहुँ पनि जलेर नष्ट भएकाले नौ लाख रुपियाँ बराबरको क्षति भएको घरधनि भगवानदिन यादवले बताए ।
यादवको अनुसार शुक्रबार विहान करिब १ बजेतिर कसैले आएर घरमा आगलागी गरेर फरार भएको जनाउँदै घर गोठ जलेर खरानी भइसकेपछि मात्र आफुहरुले थाहा पाएको र कसले लगाएको हो सोबारेमा केही थाहा नभएको बताए ।
आगलागी भएको घरमा बिद्युत नरहेकाले आगलागी आफै नभइ कसैले गरेको आशंका गरिएको यादवले बताएका छन। दुध दिने भैंसीहरु जलेर मरेकाले आफ्नो व्यवसाय नै समाप्त भएको दुखेसो समेत व्यक्त गरेका छन।










