बाँके\नेपाली काश्ंग्रेस बाँकेले निर्माण सम्पन्न गरेको सुशील कोराला स्मृति भवन उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् कांग्रेस सह-महामन्त्री किशोर सिंह राठौरले मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा आउने तय भएपनि मौसम प्रतिकुलताले गर्दा दुबै जना नआएपछि सह-महामन्त्री राठौंरले उद्घाटन गरेका थिए । कांग्रेसले भवन निर्माणका लागि हालसम्म एक करोड २० लाख ८३ हजार रुपैयाँ बढी खर्च भइसकेको जनाएको छ । भवन निर्माणका लागि विभिन्न निकाय तथा व्यक्तिहरुबाट नगद, भौतिक र जिन्सी गरी एक करोड २५ लाख ७० हजार बढी रकम सहयोग प्राप्त भएको भवन निर्माण समितिका संयोजक एवम् उपसभापति गोपालप्रसाद अधिकारीले जानकारी दिए ।
भवनलाई जेष्ठ नागरिक तथा अपांगतामैत्री बनाइएको र तीन तल्ले उक्त भवनमा लिप्ट जडान गरिएको संयोजक अधिकारीले बताए। नेपाली कांग्रेसका सन्त नेता एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय कृष्ण प्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसर पारेर भवनको उद्घाटन गरिएको हो ।










