१३ पैष, कोहलपुर । कोहलपुरमा जारी महोत्सवमा चर्चित अभिनेता पल शाहको उपस्थितिले महोत्सवस्थल उत्सवमय भएको छ । पछिल्लो समय महोत्सवहरुमा निकै रुचाईएका र माग भएका नायक शाहको कोहलपुर महोत्सवमा क्रेज ब्रेक भएको आयोजकले जनाएको छ । शाहले दर्शकमाझ प्रस्तुत गरेको आत्मीय व्यवहार र आकर्षक प्रस्तुतीले कोहलपुरवासीको ऐतिहासिक साथ पाएका हुन ।

उनी स्टेजमा उक्लिनासाथ दर्शकको ताली र हुटिङले महोत्सवस्थल गुञ्जायमान बनेको थियो । पल शाहलाई प्रत्यक्ष देख्न चाहनाले स्थानीय मात्र नभई आसपासका जिल्लाबाट समेत दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका क्रममा पल शाहले आफ्नो टिमसँग मिलेर केही लोकप्रिय गीतमा छोटो नृत्य प्रस्तुत गरेका थिए ।त्यसअघि चर्चित गायक रमेशराज भट्टराई र मोडल बबिता धितालले धमाकेदार प्रस्तुती दिएका थिए । त्यसैगरी चर्चित गायीका आस्था रावतको प्रस्तुतीसँगै महोत्सवको सन्ध्याकालीन कार्यक्रम टुङ्गीएको कला, संस्कृति तथा अतिथि सत्कार उप–समितिका संयोजक चण्डी प्रसाद गैरेले जानकारी दिए ।
महोत्सवमा आईतरबारदेखी विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिता समेत सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन तिन वटा विद्यालयका छात्रछात्राले प्रस्तुती दिएका छन । प्रथम, द्धितिय र तृतियलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार राखिएको प्रतियोगिताको समापन पुष १८ गते हुने कला, संस्कृति तथा अतिथि सत्कार उप–समितिका सह–संयोजक देविलाल सुनारले जानकारी दिए ।
कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई लक्ष्य गर्दै आयोजना गरिएको कोहलपुर महोत्सव–२०८२ मा भोली पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
भोली आउने कलाकारहरु
महोत्सवको छैठौं दिन सोमबार चर्चित गायक खुमन अधिकारी, टंक तिमल्सिन, सपना शाही र रितु शाहीको प्रस्तुति रहनेछ । त्यस्तै स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।










