७ जेष्ठ २०८३, बिहीबार

शिक्षा अधिकृत गौतमको बिदाइ
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखामा कार्यरत शिक्षा अधिकृत शीला गौतमको विदाइ गरिएको छ ।

विगत ६ बर्ष देखी अधिकृत गौतम कोहलपुर कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखामा कार्यरत थिइन । विदाइ कार्यक्रममा बोल्दै अधिकृत गौतमले कोहलपुर पहिलो पाठ शालाका रुपममा आफुले लिएको बताइन।

उनले कोहलपुरमा बौद्धिक व्यक्तित्वहरुको धेरै सहयोग प्राप्त भएको समेत उल्लेख गरिन। उनले फेरी भेटौला कार्यक्रम मार्फत आफ्नो विदाइ गरिएकोमा सबैलाई धन्यवाद समेत व्यक्त गरिन। गौतमको नेपालगञ्ज उपमहानगरपालिका मा सरुवा भएको हो ।

कार्यक्रममा शिक्षा अधिकृत पुष्पलाल शाहीलाई स्वागत समेत गरिएको थियो । कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी उप प्रमुख संगिता सुवेदी शिक्षा शाखा प्रमुख रबिलाल मिजार , बलबहादुर विश्वकर्मा, सामुदाय तथा निजी विद्यालयका प्र.अहरुको सहभागिता रहेको थियो । विदाइ कार्यक्रममा मायाको चिनो समेत उपलब्ध गराइएको थियो ।

  • २१ माघ २०८२, मंगलवार प्रकाशित

  • Nabintech