२० आश्विन २०८३, मंगलवार

भोली देखी प्याब्सन पूर्व तयारी एसईई परिक्षा संचालन हुदै
  • न्युज मानसराेवर

कोहलपुर । प्याब्सन कोहलपुरको आयोजनाम भोली देखी एसईई पूर्व तयारी परिक्षा  संचालन गरिने भएको छ ।

दिपज्योति मावि , बालज्या्ेति मावि , शिखा एकेडेमी बागेश्वरी एकेडेमी, ब्रीज इन्टरनेशलन स्कुल ,निम्बल एकेडेमी कोहलपुर गरी ६ वटा विद्यालयहरुमा  परिक्षा केन्द्रहरुमा एसईई पूर्व तयारी परिक्षा संचालन गरिने प्याब्सन कोहलपुरका अध्यक्ष रमेश  केसीले बताएका छन।  परिक्षा २२ गते देखी २९ गते सम्म संचालन गरिने प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले जानकारी गराए ।

त्यसै गरी एसईई पूर्व तयारी  परिक्षामा कूल ६ सय ४३  जना विद्यार्थी सहभागि हुने छन भने आधारभूत तह )कक्षा ८) को परिक्षा समेत भोली देखी नै संचालन गरिने भएको छ । आधारभूत तह )कक्षा ८) को परिक्षा मा ८ सय ९१ जना विद्यार्थीहरुले परिक्षामा  विद्यार्थी सहभागिता हुने प्याब्सन कोहलपुरका सचिव मित्रलाल  वलीले जानकारी गराएका छन।

  • २२ माघ २०८२, बुधबार प्रकाशित

  • Nabintech