२४ फाल्गुन २०८२, आईतवार

समाजसेवामा रमाउने आचार्य समानुपातिक उम्मेदवार

राजनिति यात्रा

  • न्युज मानसराेवर

यदि उपयुक्त विगत (इतिहास) छैन भने तिनले आफैंले  इतिहास आविष्कार गर्छन्।’ जनताको र  इतिहासको वकालत गर्ने  एक मजुर (गौरिकान्त आचार्य) को जन्म जुम्ला जिल्ला तत्कालिन सिजा गाविस वडा नं.१ मा २०२३ साल जेष्ठ २३ गते वुवा देवीप्रसाद आचार्य र आमा पुनि आचार्यको बाट लिएका थिए ।

गाउँको जीवन शैली र मजदुरको घरमा जन्म लिएका आचार्यले आत्म साथ गरेको मार्गनिर्देशक सिद्धान्तअनुरुप  नेपालको कम्युनिष्ट आन्दोलन बलियो बनाउनु पर्ने  र नेपालको पुँजी देशकै विकासमा लगानी गर्न राष्ट्रिय पुँजीपतिलाई उत्साहित गर्नु पर्ने जस्ता विचारलाई अनुसरण गर्दै  २०३६ साल बाट नै नेपाल मजदुर किसान पार्टी नेपाल निकट नेपाल क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध भए । आचार्यले २०३९सालमा १० कक्षा उत्र्तीण गरेका थिए ।

नेपाल मजदुर किसान पार्टी नेपालको एउटा वामपन्थी राजनीतिक दल हो। नेपाल मजदुर किसान पार्टीको स्थापना २३ जनवरी १९७५ अर्थात् १० माघ २०३१ को दिन भएको थियो।१९७६ मा रोहित समूह, सर्वहारा क्रान्तिकारी सँगठन, नेपाल र किसान समितिको एकिकरणबाट यो दलको स्थापना गरिएको थियो ।

मावन सभ्यताको विकास  क्रमिक रुपमा विस्तार हुदैँ गइरहेको अवस्थामा नेपाल चरम तानाशाह र हुकुमी शैलीको जंगले खम्बा गाडिसकेको अवस्तामा एक युवा मजदुरहरुको अधिकारका विषयमा वकालत गर्दै गाउँ गाउँ आत्म सम्मान सहितको अधिकारका माग्दै  गाउँमा कसैलाई केही सहयोग आवश्यक पर्यो साथ सहयोग गर्ने आचार्य जाति छुवाछुतका विरुद्धमा समेत गाउँ गाउँमा आवाज उठाउने युवाका रुपमा परिचित हुदै गए ।  नेपालमा २०४६ सालको परिवर्तन पछि सिजा क्षेत्रमा २०४७ सालमा ने.म.कि.पा अध्यक्षमा चयन भए ।

त्यसपछि जुम्ला जिल्ला पार्टी सदस्य समेत हुन पुगे । आचार्य परिवारको बसाइसराइ पछि २०६० सालमा बाँके जिल्ला कमिटी सदस्य २०७२ मा जिल्ला उपाध्यक्ष र हाल सम्म पार्टीको उपाध्यक्षमा क्रियाशिल छन। आचार्यले समाजिक रुपमा विभिन्न संघ संस्थाको नेतृत्वमा बसेर काम गरेको अनुभव रहेको छ । आचार्यले बाँके जिल्लाको स्थित कोहलपुरको विकासमा नगर विकास समिति वोर्ड सदस्य , भेरी सित भण्डारको बोर्ड सदस्य जुम्ली एकता सेवा समाजको बाँकेको अध्यक्ष कर्णाली एकता सेवा समाजको अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका छन।

उनै आचार्य नेपाल मजदुर किसान पार्टीको समानुपाति उमेदवारका रुपमा मैदानमा छन।संगठात्मक रुपमा बाँके जिल्लामा कम्जोर मानिएतामा पनि नेपालको हरेक कालखण्डमा सैद्धान्तिक रुपमा बाग्लो उपस्थिति जनाउदै आइरहेको  नेपाल मजदुर किसान पाटीले बाँके जिल्लाका तिन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिइएको छ ।नेपाल मजदुर किसान पार्टीले बाँके निर्वाचन क्षेत्र ३ मा भूमी महत्तरा बाँके १ मा सुर्जा थापा र निर्वाचन क्षेत्र २ मा प्रकाश शाह लाई चुनावी मैदानमा उतारेको छ ।

  • १५ फाल्गुन २०८२, शुक्रबार प्रकाशित

  • Nabintech