१४ असार २०८३, आईतवार

बाँके २ मा आजै मतगणना हुने
  • न्युज मानसराेवर

बाँके\ प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा मतदान सकिएलगत्तै क्षेत्र नम्बर २ का सबै मतपेटिका मतगणनास्थलमा ल्याईएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार क्षेत्र नम्बर २ का नेपालगन्ज र डुडुवामा रहेका सबै मतदान केन्द्रका मतपेटिकाहरु मतगणनास्थल नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा पुरयाईएको छ । बाँकेका सहायक निर्वाचन अधिकृत लाल बहादुर कार्कीले अहिले भेरी प्राविधिकमा मतपेटिका बुझ्ने कार्य भईरहेको बताए।

उनले बिहीबार राति नै मतगणना शुरु गरिने तयारी भएको जनाउँदै केही बेरमा सर्वदलीय बैठक राखेर छलफल गरिने पनि बताउनुभयो । यसअघि बाँकेमा शान्तिपूर्ण मतदान सम्पन्न भएको थियोे । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६३ प्रतिशत मत खसेको थियो ।

  • २१ फाल्गुन २०८२, बिहीबार प्रकाशित

  • Nabintech