७ जेष्ठ २०८३, बिहीबार

नेपालगन्जबाट लक्ष्यको ८० प्रतिशत राजस्व सङ्कलन
  • न्युज मानसराेवर

बाँके\पश्चिमका प्रमुख नाकाहरूमध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले आठ महिनाको अवधिमा निर्धारित लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को आठ महिनामा १५ अर्ब ७७ करोड ११ लाख ५७ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारित गरिएकोमा १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपियाँ अर्थात लक्ष्यको ८०.८८ प्रतिशत राजस्व सङ्कलन गरिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आर्थिक वर्ष २०८१–८२ को आठ महिनामा लक्ष्यको ७२.४८ प्रतिशत राजस्व सङ्कलन भएकोमा चालु आवमा ८०.८८ प्रतिशत सङ्कलन भई आठ प्रतिशत वृद्धि भएको जानकारी गराएका छन।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आवमा २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएकोमा आठ महिनामा करिब ५२ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्ष २०८१–८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । त्यसको अघिल्लो आर्थिक २०८०–८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

  • ७ चैत्र २०८२, शनिबार प्रकाशित

  • Nabintech