७ जेष्ठ २०८३, बिहीबार

समता स्कुल कोहलपुरले सम्पन्न गर्यो निःशुल्क पाठेघरको शिविर
  • न्युज मानसराेवर

कोहलपुर । समता स्कुल कोहलपुले महिलाहरुका लागि एक दिने पाठेघरको स्वास्थ्य शिविर सम्पन्न गरेको छ । समता स्कुल कोहलपुर ११ को आयोजना तथा कौसिल्या अस्पतालको प्राविधिक सहयोग उक्त निःशुल्क  शिविरको आयोजना गरिएको थियो ।

न्यूनतम शुल्ल तथा सम्मान शुल्कमा अध्यापन गर्दै आइरहेको समता स्कुल कोहलपुरले बार्षिक कार्यक्रम अन्तगर्त महिलाहरुका निम्ति निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको समता स्कुलका कार्यकारी निर्देशक रबि रोकायाले बताए ।

उनले गुणस्तरीय शिक्षासँगै स्वास्थ्य जीवनयापन हुनु स्वाथ्य शिविरको मुख्य उदेश्य रहेको बताए ।

त्यसै गरी कार्यक्रममा कौसिल्या अस्पतालका कार्यकारी निर्देशक शंकर न्यौपानेले सामाजिक उत्तरदायित्व निर्वाह अन्तगर्त अस्पतालले विभिन्न संघ संस्था विद्यालयहरुसँगको सहकार्यमा शिविर सञ्चालन गर्दे आइरहेको बताए ।उनले यहाँ बाट थप उपचार आवश्यक परेको खण्डमा अस्पतालले २० प्रतिशत सम्म छुट दिने जानकारी समेत दिए ।

निःशुल्क  शिविरमा १ सय १३ जनाले सेवा लिइएको समता स्कुलले जनाएको छ। शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. विनय विक्रान्त शाह लगाएतको समुहले शिविरमा  सहजीकरण गरेका थिए।

शिविरमा निःशुल्क  औषधी समेत उपलब्ध गराइएको थियो। समता स्कुल विद्यालय विकास समितिका अध्यक्ष निम बहादुर वलीको अध्यक्षतामा कार्यक्रमको समापन गरिएको थियो ।

  • १२ चैत्र २०८२, बिहीबार प्रकाशित

  • Nabintech