कोहलपुर \कोहलपुर नगरपालिकाको सार्वजनिक सुनवाइ सम्पन्न गरिएको छ ।कोहलपुर नगरपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा पहिलो चौमासिक सार्वजनिक सुनवाइ सम्पन्न गरिएको हो ।

चौमासिक सार्वजनिक सुनवाइ कार्यक्रममा प्रतिवेद प्रस्तुत गर्दै कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले भौदो २३ र २४ गतेको आन्दोलमा नगरपालिकालाई ९ करोडको क्षति भएको बताए । गिरीले हाल ८७ वटा उपभोक्ता समितिबाट काम भइरहेको बताउदै ३७ वटा ठेक्का मार्फत कोहलपुरको विकास निमार्णका कार्यहरु संचालनमा रहेको उल्लेख गरे ।
गिरीले हाल सम्म ३ हजार ५ सय व्यवसाय दर्ता १ सय १५ संघसंसथाहरुले काम गर्दै आइरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत गिरीले हाल सम्म ८ सय ४३ घर परिवारलाई लालपुर्जा वितरण गरिएको दावि गरे । उनले नगर अस्पताल बाट दैनिक २ सय ५० जतिले सेवा लिइरहेको बताए । उनले सामानिक सुरक्षा अन्तगर्तका सबै गृहकार्य बैंक मार्फत गरिरहेको बतनाए ।

अधिकृत गिरीले १३ करोड राजश्व संकलनको लक्ष्य अनुरुप हाल सम्म ५५ प्रतिशत राजश्व संकलन गरिएको बताए । कार्यक्रममा कोहलपुर नगरपािलका मेयर पूर्ण प्रसाद आचार्यले शैक्षिक भर्व निमार्णमा नगरपालिका क्रियासिल रहेको बताए । उनले सामुदायि विद्यालयको नतिजामा क्रमिक सुधार आएको दावि गर्दै ४८ प्रतिशत सम्म नतिजा सामुदायि विद्यालयको रहेको बताए ।
मेयर आचार्यले संस्थागत विद्यालयको नतिजा ९६ प्रतिशत सम्म रहेको बताउदै थप सामुदायि विद्यालयको शैक्षिक सुधार गर्दे जाने बताए । कार्यक्रममा पेश्की फर्चौट गर्न विशेष पहल गर्ने नागरिक वडा पत्र सबैले देख्ने स्थानमा राख्ने सबै आयोजनाहरुको सामाजिक परिक्षण गर्ने लागु औषध नियन्त्रणमा सबैसँग समन्वय गरेरे न्यूनिकरणका उपाय अबलम्बन गर्ने ,नगरपालिकामा स्तनपान कक्ष निमार्ण गर्ने जस्ता ५ बुँदे प्रतिवद्धता समेत गरिएको छ ।












