५ बैशाख २०८३, शनिबार

ट्रेड युुनियन अधिकार माथीको धावा र शिक्षक दिवसको महत्व
  • बाबुुराम अधिकारी

यतिखेर देशमा दुुइतिहाई जनमत प्राप्त लोकपृय सरकार गठन भई सय दिनको १०० बुुँदे कार्य योजना बनाएर आक्रामक रुपमा अगाडी बढे संगै शिक्षकका संघ संगठन र ट्रेडयुनियन अधिकार माथी धावा बोलेको छ । नेपालको शिक्षाक्षेत्र बिग्रनुुमा सम्पूूर्ण हात ट्रेड युुनियन र संघ संगठनको रहेको छ भन्ने भाष्य सृजना गरिएको छ ।

शिक्षकका पेशागत सघ संगठनका नेताहरु पढाउदैनन् राजनितिमात्र गर्दछन तसर्थ शिक्षा क्षेत्रको सम्पूूर्ण समस्याको जड ट्रेड युुनियनलाई देखाएर यिनिहरुको निषेधको चर्चाबाट लोकपृयताबादमा रमाउने सरकारले वाइवाइ कमाउने प्रयत्नमा रहेको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रम शिक्षा मन्त्रीका अभिव्यक्तिले सरकार सोहिदिशामा अगाडी बढेको देखिन्छ ।

सरकारले शिक्षकका संघ संगठनलाई खारेज गर्ने समय सिमासहितको क्यालेण्डर बनाएर अगाडि बढ्दै गर्दा आज जागौँ ! जगाऔँ! अधिकार रक्षा गर्न अघि बढौँ ! भन्ने नारका साथ ४७ औँ शिक्षक दिवस देश भरिका नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुले देश व्यापी कार्यक्रमहरु गरि मनाउदै छन् । चैत्र २९ नेपाली शिक्षकहरुले गर्व गर्ने दिनहो किनकी नेपालमा शिक्षकको हक हित सेवा सुुबिधा र स्थायित्वकोलागी लामो बलिदानिपूूर्ण आन्दोलन पश्चात नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापना भएको दिन ।

नेपाली शिक्षक बालिघरे प्रथाबाट मुुक्त भएको दिन ट्रेडयुुनियन अधिकारको सुुनिश्चितता भएको दिन ।संगठनकै नेतृत्वमा भएका पटक पटकका आन्दोलनको बलमा राज्यलाई शिक्षकका माग मुुद्धाहरु सम्बोधनकोलागी बाध्य पार्ने काम हुुुँदै आएकोमा हाल ट्रेडयुुनियन अधिकार माथी सरकारबटै धावा बोलेको वर्तमान परिपेक्षमा आज मनाउदै गरेको शिक्षक दिवसको महत्व अझै बढेको छ ।

हिजो एकताबद्ध शिक्षक आन्दोलन बाट जे जती उपलब्धि प्राप्त भएका थिए पछिल्ला दिनहरुमा भएको शिक्षक आन्दोलानको राजनितिक बिभाजनले हाम्रा माग मुुद्धा मात्र कमजोर भएका छैनन् कि शिक्षकले राजनिति गरेर शिक्षा क्षेत्र ध्वस्त पारे भन्ने गलत न्यारेटिभ तयार गर्न लोकपृयताबादीहरुलाई मौका दियौँ । २०३६ सालमा स्थापना भएको गौरवशाली संगठनलाई २०४६ पछीको परिवर्तित राजनितिक व्ववस्थामा हामीहरु राजनितिक दलको स्वार्थको गोटी बन्दा आज दर्जनौ शिक्षक संगठनहरु पार्टीका भातृ संगठन तथा सुुवेच्छुुक संस्थाको रुपमा अस्तित्वमा रहेका छन ।

नेपाल राष्ट्रिय शिक्षक संगठनले आफ्नो विधानमा कुुनैपनी राजनितिक दलको भातृ संगठन भनेर किटान नगरी निरन्तर आज सम्म एकताबद्ध शिक्षक आन्दोलनको वकालत गर्दै व्यापक एकताको आशालाई दिगो बनाइ रहेको छ । जुुन आजको संबेदनशिल अवस्थामा झनै औचित्यपूूण बनेको छ ।आज शिक्षकका संघ संगठन र तिनका नेताहरुलाई शिक्षा क्षेत्रको विसंगतीको सम्पूूर्ण जिम्मा लगाएर यिनको निषेधमै शक्तिशाली सरकारको सफलाता देख्ने सरकारले सर्वे गरेर हेरोस, शिक्षकका नेताहरुले नेतृत्व गरेका विद्यालयहरुलेनै देश व्यापी रुपमा सार्वजनीका शिक्षामा राम्रो योगदान गरेका छन्र ।

सरकारको शक्ति प्रयोग गरि शिक्षक र शिक्षा मैत्री शिक्षा ऐन ल्याउने, शिक्षण पेशालाई आकर्षक बनाएर अव्बल जनशक्ति शिक्षकमा भित्राउने योजना ल्याउने, विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गर्ने, विद्यालय मर्जरको योजना अगाडी बढाउने जस्ता कार्यहरु गरि शिक्षा क्षेत्रमा सुुधारकोलागी अगाडी बढ्नुुको सट्टा संघ संगठनलाई निषेध गर्ने लोकपृय नाराका पछाडी लाग्नुु नेपालको शिक्षा क्षेत्र र सरकार स्वयंलाई प्रतिउत्पादक हुुन सक्दछ ।

आज २१ औँ शताब्दीको लोेकतान्त्रीक भनिने सरकारले नेपालको संबिधान, अन्तराष्ट्रिय श्रम संगठनको मान्यता विपरित हठात् लोकपृयताको लागी शिक्षकका संघ संगठनलाई प्रतिबन्ध गर्नुु घोर निरंकुुशताको नमुुना हो ।२०३६ सालमा निरंकुश राजतन्त्रको विरुद्ध एक सय दिन भन्दा बढी हडताल गरि ल्याएको अधिकार नेपाली शिक्षकहरुलाई अत्यन्त पृय छ र सजिलै कसैले चाहेर अपहरण गर्न सक्दैन । लामो र संघर्षपूूर्ण आन्दोलन बाट प्राप्त अधिकारको रक्षा गर्न र सरकारको घोर निरंकुुश कार्यको विरुद्ध डटेर सामना गर्न सम्पूूर्ण शिक्षकहरुलाई एकताबद्ध आन्दोलनकोलागी प्रेरित गरोस ४७ औ शिक्षक दिवसको शुुभकामना । लेखक बाबुुराम अधिकारी ने.रा.शि.सं, बाँकेका अध्यक्ष हुन।

  • २९ चैत्र २०८२, आईतवार प्रकाशित

  • Nabintech