१३ बैशाख २०८३, आईतवार

एक सय ७० मत अन्तरले भट्टराई अध्यक्षमा निर्वाचित
  • न्युज मानसराेवर

कोहलपुर \भेरी शीत भण्डार सहकारी कोहलपुरमा बलराम भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । भट्टराइले १ सय ७० को अन्तरले विजयी भएका हुन। उनले कूल मतमा ६सय ९९ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी यूवराज पौडेलले ५२९ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष पदमा अमर बहादुर खड्का ६३९ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी मोहन रिजालले ५३७ मत प्राप्त गरेका छन् । यस्तै लेखा संयोजक पदमा बिष्णु चौधरी ६६९ मतसहित विजयी हुँदा हेमकान्त लामिछानेले ४५० मत प्राप्त गरेका छन् ।

यस्तै सदस्यपदतर्फ गौरीकान्त आचार्य ६७६, भिम बहादुर डाँगी ५९१,सिताराम थारू ६१९, अर्जुन थारू ५९१ मतसहित निर्वाचित भएका छन् ।

भेरी शीत भण्डार सहकारी संस्थाका कूल शेयर सदस्य ३जहजार ७सय ८७ मत मध्ये जम्मा १हजा ३सय ६९ खसेको थियो । भने पूर्ण बदर मत ७७ रहेको निर्वाचन समितिले जनाएको छ ।

  • १३ बैशाख २०८३, आईतवार प्रकाशित

  • Nabintech