१९ जेष्ठ २०८३, मंगलवार

चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली
  • न्युज मानसराेवर

काठमाडौँ\नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत फागुनको चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् । फागुन २१ को चुनावपछि सार्वजनिक कार्यक्रममा नदेखिएका ओली यही जेठ २० र २१ (बुधबार र बिहीबार) गते हुने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यक्रममा सहभागी हुने भएका हुन् ।

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा हुने कार्यशालाको भोलि बुधबार बिहान ११ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

केन्द्रीय संगठन विभागको आयोजनामा हुने कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाबारे सघन छलफल तथा उत्प्रेरणामूलक अभिमुखीकरण गरिने छ ।

प्रचार विभाग प्रमुख आचार्यका अनुसार पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गर्न लागिएको कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इञ्चार्जहरू (भारत प्रवास समेत), प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखका साथै जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखको अनिवार्य उपस्थिति रहने छ ।

  • १९ जेष्ठ २०८३, मंगलवार प्रकाशित

  • Nabintech