बाँके। नदिजन्य बस्तुको उत्खनन् तत्काल रोक्नुपर्ने माग नेपाल कम्युनिष्ट पार्टी (विप्लप समूह)ले गरेको छ ।
नदिजन्य सामाग्री उत्खनन गर्ने र स्टक प्रमाणिकरण गरि भण्डार गर्ने कार्य नरोकीएकाले बाँकेको राप्ती सोनारी गाँउपालिका कार्यालयमा धर्ना दिनुपरेको जिल्ला संयोजक अनीलले जानकारी गराए ।
गाँउपालिका कार्यालयको गेटमा सांकेतिक रुपमा मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिएको थियो।