२ माघ २०८१, बुधबार

बाँकेमा थारु समुदायले अटवारी पर्व मनाउँदै
  • न्युज मानसराेवर

बाँके। थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन् । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् ।

होम स्टे एसोसियसन अफ नेपालका सचिव कृष्ण  चौधरीका अनुसार अटवारी पर्व थारु समुदायको माघी र दसैं पछिको ठूलो चाड हो । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका यो पर्व मनाउने गर्दछन् । स्थानीय सरकारहरुले अटवारी पर्वको अवसरमा थारु समुदायलाई सार्वजनिक विदा दिने गर्दछन् ।

यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ ।

  • २७ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech