२ माघ २०८१, बुधबार

बाँकेमा शनिवार ८ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके। बाँकेमा शनिवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७३ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ३० नमुना परीक्षण गर्दा ७ र बागेश्वरी प्रयोगशालामा १४ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । मेडिकल कलेज कोहलपुरमा २९ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना छन् । बाँके बाहिरी जिल्लाका रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ३५ पुगेको छ ।

यस्तै शनिवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ४६ पुगेको छ ।

यसै गरी बाँकेको कोहलपुर नगरपालिकामा १ जना कोरना संक्रमित निको भएका छन । यो सगै कोहलपुरमा अब होमआइसोलेसन मा ३६ जना उपचाररत रहेका कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन।

  • २ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech