२ माघ २०८१, बुधबार

बुटवलका मेयरमाथि मुक्का प्रहार
  • न्युज मानसराेवर

बटवल। पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर–३ ज्योतिनगर,लक्ष्मीनगर क्षेत्रको अवलोकनका लागि गएका मेयर सुवेदीलाई एक युवाले मुक्का हानेका हुन् ।

पहिरो पीडितलाई सरकारले केही नगरेको आरोप लगाउँदै ती युवाले मेयरलाई मुक्का हानेका हुन् । यति लामो दिन आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै उनी मुक्का हान्न पुगेका थिए । उनीमाथि आक्रमण भएपछि तत्काल जनपथ र नगर प्रहरीले रोकेका थिए ।

उनलाई मुक्का प्रहार भएको स्थानीयले खिचेको भिडियोमा प्रष्ट देखिन्छ । यता ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले मेयरमाथि आक्रमण भन्दा पनि स्थानीय आक्रोशित हुँदै होहल्लामात्रै भएको दावी गरे ।

यद्यपी आक्रमण गर्ने ती युवाको परिचय खुलेको छैन । उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्रभावित भएका छन् । आफूहरु विस्थापित हुँदा समेत सरकारले नहेरेको भन्दै स्थानीय आक्रोशित बन्दै मुक्का प्रहार नै भएपछि मेयर फर्किएका थिए । सो स्थानमा पटक–पटक चुरे क्षेत्रबाट आउने पहिरोले समस्या पार्ने गरेको छ ।

  • ४ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech