बुटवल।गत आवमा लुम्बिनी प्रदेशसभाका ३६ सांसदले उपचार खर्च बुझेका छन् ।
कांग्रेस सांसद अष्टभुजा पाठकले ४८ हजार ४१९, जनता समाजवादी पार्टी (जसपा) सांसद (हाल पदमुक्त) कल्पना पाण्डेले १ लाख ८० हजार ३४३, एमाले सांसद कमलराज श्रेष्ठले ३२ हजार ५९५, सांसद कूलप्रसाद पोखरेलले ३९ हजार ७१०, कृष्णप्रसाद न्यौपानेले १ लाख १९ हजार ९३३ रुपैयाँ लिएका छन् ।
त्यसैगरी उपसभामुख कृण्णी थारुले २४ हजार ५६६, खड्गबहादुर खत्रीले १२ हजार ५२२, चिन्तावती कुर्मीले १५ हजार ५९०, डिल्लीबहादुर चौधरी (हाल मन्त्री) २ लाख ३७ हजार २७०, आशा स्वर्णकारले ३५ हजार १४२, तेजबहादुर वलीले ३६ हजार ४५०, थानकुमार थापाले २७ हजार ९९७ रकम उपचार खर्च बुझेकी छन् ।
त्यस्तै दधिराम न्यौपाने (हाल पदमुक्त) ५३ हजार ९१५, दिनेश पन्थी (हाल पदमुक्त) १६ हजार ६०८, दीपेन्द्रकुमार पुन मगर ७ हजार ६०७, दीपेश थारु १० हजार ३३, दीपा विक, २४ हजार ३५७, धमकली चौधरी १३ हजार ७७०, पुरनमान बज्राचार्य २ लाख २० हजार १६७, पुर्मती ढेंगा (हाल मन्त्री) २४ हजार ६४६, सभामुख पूर्णबहादुर घर्तीले १० हजार ८६५, माला गोतामे १ लाख ६० हजार ७५६, महम्मद याकुव अन्सारी ६९ हजार ५०४, रमा अर्याल ३७ हजार ४७९, रामजी प्रसाद घिमिरे २२ हजार ६६५, रुन्धावती शर्मा ४३ हजार ८५४, विजयबहादुर यादव (हाल पदमुक्त) १ लाख २६ हजार ४३८, विमला शर्मा पन्थी ६० हजार ६४९, वैजनाथ कलवार १ लाख ४ हजार ४५३, शंकर गिरी ३५ हजार ५८, शान्तीदेवि स्वर्णकार ४० हजार ६०४ र सरस्वती गौतम ४५ हजार ७७८ गरी २२ लाख ८० हजार ८४६ रूपैयाँ सांसदले उपचार खर्च लिएका हुन् ।
गएको आर्थिक वर्षमा २८ सांसदले १४ लाख ४९ हजार ५५० रुपैयाँ सांसदले उपचार खर्च बुझेका थिए । आव २०६६/६७ मा उपचार खर्चमा सबैभन्दा धेरै प्रदेश सभाले स्व.कांग्रेस दलका नेता बलदेव शर्मा पोखरेललाई ४ लाख ८६ हजार ४२४ रूपैयाँ दिएको थियो । आव २०७६/७७ मा अहिले कांग्रेस दलका नेता कनौडियालाई २ लाख ४९ हजार १५७ रूपैयाँ लिएका छन् । प्रदेश सभाका कर्मचारीले भने, ‘सांसदहरूले नैतिकताका आधारमा सुविधा लिन्न भन्नुभएको छैन । कानूनको सेवासुविधा छोड्दिन भन्नेलाई हामीले केही भन्न मिल्दैन ।’