७ बैशाख २०८२, आईतवार

संस्कृत भाषाका बारेमा रोचक तथ्य जानि राख्नुस्

नेपाल तथा भारतको राष्ट्रिय आदर्श वाक्य संस्कृत नै हो ।

  • न्युज मानसराेवर

एजेन्सीहिन्दू धर्मावलम्बीहरूले मन्त्र र श्लोक त पढेकै हुन्छन् । मन्त्र र श्लोकको वाचन शताब्दियौंदेखि भइरहेको छ । यी मन्त्र र श्लोक संस्कृत भाषामा छन् । त्यही संस्कृत भाषाका केही महत्त्वपूर्ण र रोचक तथ्य हामी यहाँ प्रस्तुत गर्दैछौं । संस्कृत विश्वको प्राचीनतम भाषा हो । पश्चिमका प्राचीन भाषाहरू ल्याटिन, ग्रीक, हिब्रु, पारसी र अरबी सबै संस्कृतपछि आएका हुन् ।

भाषाविज्ञानको दृष्टिमा संस्कृत इन्डोआर्य परिवारको भाषा हो ।

संस्कृतको प्रत्यक्ष र परोक्ष प्रभाव संसारका लगभग ९७ प्रतिशत भाषामा परेको बताइन्छ ।

भारतवर्षका अधिकांश भाषाहरू उत्पत्ति संस्कृतबाटै भएको हो ।

संसारको सबभन्दा प्राचीन ग्रन्थ ऋग्वेद संस्कृतमा नै लेखिएको थियो । अनेकौं बौद्ध तथा जैन ग्रन्थहरू पनि संस्कृतमा लेखिएका हुन् ।

संस्कृतको विकास दुई चरणमा भएको हो । पहिलो चरणमा वैदिक संस्कृत थियो जसमा वेद, उपनिषद्हरू लेखिए ।

त्यसपछि दोस्रो चरणमा पाणिनी व्याकरणमा आधारित लौकिक संस्कृतमा ‘अभिज्ञान शाकुन्तलम्’ जस्ता पुस्तक लेखिए ।

वर्तमान संस्कृत पाणिनी व्याकरण अनुसार छ ।

संस्कृत भाषामा पर्यायवाची शब्दको भरमार छ । हात्तीको सयवटा पर्यायवाची शब्दहरू छन् ।

नासाका वैज्ञानिक रिक ब्रिग्सका अनुसार विश्वमा संस्कृत मात्र स्पष्ट भाषा हो ।

जुलाई १९८७ मा फोर्ब्स म्यागेजिनले संस्कृतलाई कम्युटरका लागि सबभन्दा अनुकूल भाषा लेखेको थियो ।

अहिले जर्मनीका १४ वटा विश्वविद्यालयमा संस्कृत पढाइ हुन्छ ।

भारतीय संविधानको आठौं अनुसूचीमा भएका २२ भाषामा संस्कृत पनि छ ।

सन् २००१ को जनगणनामा संस्कृत भारतमा १४ हजार १३५ मानिसको प्रथम भाषा थियो ।

नेपालको जनगणनामा एक हजार ६ सय ६९ मानिसको मातृभाषा संस्कृत थियो ।

भारतको कर्नाटक राज्यमा मट्टुर नामक गाउँमा सबै गाउँले संस्कृतमै कुरा गर्छन् । त्यहाँका मुसलमान समेत संस्कृतमा कुरा गर्छन् ।

कर्नाटकको मैसूरमा सन् १९७० देखि सुधर्म नामक संस्कृत दैनिक पत्रिका प्रकाशित भइरहेको छ र यसको अनलाइन संस्करण पनि उपलब्ध छ ।

स्पीच थेरापीका लागि संस्कृत सबभन्दा अनुकूल सिद्ध भएको छ ।

नेपाल तथा भारतको राष्ट्रिय आदर्श वाक्य संस्कृत नै हो । नेपालको वाक्य ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ हो भने भारतको ‘सत्यमेव जयते’ हो ।

  • १३ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech