बाँके। दसैं पुरानो चाड हो। त्यसैले यसको सम्बन्ध संस्कृतिसँग मात्र होइन, समग्र जीवन पद्धतिसँग जोडिएको छ। पैसा कमाउन घरबाट बाहिर जाने, दसैंका बेला पर्खने, थोरै समय भए पनि परिवारसँग रमाउने प्रचलन अहिलेको होइन। त्यसैले दसैंका गीत पनि यस्तैयस्तै विषयमा केन्द्रित रहँदै आएका छन्। काम र मामको खोजीमा विदेश जानुपर्ने बाध्यता छँदै छ।
कतिपय गीतमा परदेशिएका छोराले घर फर्कन नपाउने सन्देश बोकेका हुन्छन्। अचेल कामको खोजीमा छोरी र बुहारी पनि विदेश जाने चलन बढेको छ। दसैंका गीतमा भने घर फर्कन नपाएको छोरोले आफ्ना आमा, बाबु, पत्नी, सन्तान, दाजुभाइलाई सम्बोधन गरेको पाइन्छ। यस्ता गीत विरहले भरिएका हुन्छन् भने कतिपय गीत दसैंको रमाइलोसँग पनि जोडिएका छन्।
दसैंसँग जोडिएको नारायण गोपालको निकै नै रुचाइएको गीत बिछोडको पीडा